दफा ५९२
प्रतिनिधिबाट भए गरेको कारोबारको मान्यताः

(१) कुनै व्यक्तिले आफूले गर्न सक्ने काम कानूनको अधीनमा रही प्रतिनिधि मार्फत गर्न वा गराउन सक्नेछ ।तर कानून बमोजिम आफू नै उपस्थित भई गर्नु पर्ने काम प्रतिनिधि मार्फत गर्न सकिने छैन ।
(२) दफा ५९१ बमोजिम नियुक्त प्रतिनिधि मार्फत भए गरेको करार वा प्रतिनिधिबाट भए गरेको काम कारबाही सम्बन्धित व्यक्तिले गरेको मानिनेछ र त्यस्तो काम कारबाहीबाट उत्पन्न दायित्व मुख्य व्यक्तिले गरेको करार वा कार्य सरह मानी कार्यान्वयन हुनेछ।तर प्रतिनिधिले आफूलाई प्राप्त अधिकार नाघी कुनै काम गरेको रहेछ भने मुख्य व्यक्तिले स्वीकार गरे बाहेककोे काम प्रति मुख्य व्यक्ति जिम्मेवार हुने छैन ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अधिकार उल्लङ्घन गरी भए गरेको काम कारबाहीमध्ये कुनै काम कारबाही अधिकार क्षेत्रभित्र र कुनै काम कारबाही अधिकार क्षेत्र बाहिरको भएमा अधिकार क्षेत्रभित्रको भाग छुट्याउन सकिने रहेछ भने त्यसरी अधिकार क्षेत्रभित्र पर्ने हदसम्मको काम कारबाही प्रति मुख्य व्यक्ति जिम्मेवार हुनेछ ।